play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

भरतपुर गोल्डकपमा उपाधिका लागि संकटा र झापा भिड्दै

0

चितवन, जेठ,४ ।
नारायणगढमा जारी भरतपुर गोल्डकपको उपाधिका लागि झापा–११ र संकटा क्लब आमनेसामने हुँदैछन् । खेल अपराह्न ४ बजेपछि हुने आयोजकले जनाएको छ । झापा र संकटा दुवै टिम बाई पाएर क्वार्टरफाइनलमा पुगेका थिए । दुवै टिमले प्रतियोगितामा दुई दुई दुई खेल जितेका छन । प्रतियोगितामा झापाले ले तीन गोल गरेको छ भने संकटाको सात गोल गरेको छ । संकटाले क्वार्टरफाइनलमा जावलाखेल युथ क्लबलाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो भने सेमिफाइनलमा घरेलु टिम चितवन ११ लाई ४–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो । उता, झापाले क्वार्टरफाइनलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नारायणगढको क्याम्पाचौरमा गत वैशाख २४ देखि सुरु भएको हो । प्रतियोगिताका विजेताले ६ लाख रुपैयाँसहित गोल्डकप र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन ।

Share.

Leave A Reply