play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

किरात समुदायले उभौली पर्व मनाउँदै

0

जेठ,४ ।
प्रकृतिकपूजक किरात समुदायले आज उभौली पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किरातले भव्य रूपमा किराती रितिअनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन् । किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाइन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । उभौली पर्व मौसमसँग सम्बन्धित छ । अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ । किरात जातिले वैशाख शुक्ल पूर्णिमादेखि १ महिनासम्म यो पर्व मनाउने गर्दछन् ।

Share.

Leave A Reply