play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

भण्डारीलाई सम्झँदै दासढुंगा

0

चितवन,जेठ,३ ।

कम्युनिष्ट नेता मदन भण्डारी र जीवराज आश्रितको २६औं स्मृति दिवस नारायणघाट-मुग्लिङ सडक खण्डमा पर्ने दासढुंगामा पनि मनाइएको छ । मदन-आश्रित पार्क दासढुंगामा रहेको नेताद्वयको शालिकमा माल्यार्पण गरी नेकपा चितवनले श्रद्धाञ्जली अर्पण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पूर्व सांसद काशीनाथ अधिकारीले भण्डारीको व्यक्तिव्य स्मरण गराउनुभएको थियो । भण्डारीले सोचेअनुरूपको आर्थिक र सामाजिक क्रान्ति गर्न सके मात्र वैज्ञानिक समाज बनाउन सकिने उहाँको धारणा थियो ।

कार्यक्रममा बोल्दै प्रदेश नं ३ का भूमि, व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले मदन भण्डारीको बाटोमा नहिँडे नेपालबाट पनि कम्युनिष्ट बिलाउने खतरा रहेको बताउनुभयो । देशका कम्युनिष्ट शक्ति एक ढिक्का भएर रहन पनि भण्डारीको सिद्धान्त अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी चितवनका अध्यक्ष यमबहादुर परियारले शोकलाई शक्तिमा बदल्न जरुरी रहेको बताउनुभयो । मदन भण्डारी र जीवराज आश्रितले जसरी विभिन्न अवसरमा पार्टीका दरिला व्यक्तित्वले आफ्नो ज्यान दिने गरेको भन्दै सम्पूर्ण शहीदको चाहनालाई खेर जान नदिने उल्लेख गर्नुभयो । त्यस्तै प्रतिनिधिसभा सदस्य कृष्ण भक्त पोख्रेलले भण्डारीको हत्यारा ढिलोचाँडो पत्ता लागेरै छाड्ने बताउनुभयो । उहाँले पनि गिर्दो रूपमा रहेको कम्युनिष्टको छवि सुधार्न भण्डारीले खेल्नुभएको भूमिकाको कदर गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले मदन भण्डारी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिष्ट इतिहासका अब्बल नेता भएको तर्क राखेका थिए । श्रद्धाञ्जली कार्यक्रममा चितवन, नवलपुर र छिमेकी जिल्लाका राजनीतिप्रेमी, विद्यार्थी, लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply