play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

मिडिया विधेयकको विरोधमा उत्रिए चितवनका पत्रकार

0

चितवन,जेठ,३ ।

चितवनका पत्रकारहरूले नेपाल मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै विरोध प्रदर्शनी गरेका छन् । उनीहरूले आज बिहान पत्रकार महासंघ चितवनको कार्यालय अगाडी जम्मा भई प्रदर्शन गरेका हुन् । पत्रकारहरूले कलम, डायरी, मोबाइल, क्यामरा र ल्यापटप भुईँमा राखी सांकेतिक प्रदर्शन गरेका थिए । कार्यक्रममा बोल्दै महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले आफूहरू विधेयक र कानूनको विरोधी नभएको बताउनुभयो । जुन तरिकाबाट प्रेस विधेयक ल्याइयो, त्यसप्रति भने महासंघ असन्तुष्ट रहेको उहाँको भनाइ थियो । विरोध प्रदर्शन सुरुवाती चरणको अन्तिम कार्यक्रम भएको भन्दै विधेयक नसच्याइए आगामी दिनमा थप सशक्त रूपले विरोधमा उत्रिने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply