play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

नेपाली समाज विखण्डन गर्न केही तत्व लागे -प्रधानमन्त्री ओली

0

जेठ,३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अझैं पनि नेपाली समाज विखण्डन गर्न लागि केही तत्व लागिपरेको दाबी गरेका छन् । २६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले विखण्डनकारीको प्रयासलाई कुनै पनि हालतमा पुरा हुन नदिने प्रष्ट पारे । पार्टी एकीकरण भएको एक वर्ष पुगेको स्मरण गर्दै ओलीले एकताका सबै कुरा टुंगिए पनि केही काम भने अझै बाँकी रहेको स्वीकार गरे । वर्तमान सरकार महान अभियानमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अवस्था भने अहिले पनि चुनौतीपूर्ण रहेको उल्लेख गरे । सरकारले देशको हित, राष्ट्रियता र लोकतन्त्रको पक्षमा काम गरिरहेको प्रष्ट पार्दै उनले सामाजिक न्याय, समानताको पक्ष र लोक कल्याणकारी राज्यको अवधारणा अनुसार तल्लो बर्गको उत्थानका लागि काम गरिरहेको जानकारी दिए । कृषिको आधुनिकीकरण, उद्योगको स्थापना, विकास, पर्यटन क्षेत्रको विकास गरेर नेपाली अर्थतन्त्रलाई सबल बनाउन उद्देश्यका साथ सरकार अघि बढेको बताउँदै अब निरपेक्ष गरिबीको रेखामुनी रहेकाहरुको संख्या बाँकी नरहने पनि उल्लेख गरे । १ सय दिनको रोजगारी श्रृजना गरेको बताउँदै उनले त्यस्तो रोजगारी दिन नसके भत्ता दिने निर्णय गरिसकेको पनि उल्ल्ेख गरे । सरकार भ्रष्टाचार नियन्त्रणमा लागि परेको बताउँदै उनले उल्टै सामाजिक सञ्जाल र सञ्चारमाध्यमहले औंला उठाउने गरेको गुनासो पोखे ओलीले भ्रष्टाचारको माथिल्लो तहसम्म कारबाही भएको पनि बताए ।

यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले अब एकता प्रक्रिया टुंगिएसरह भएको बताए । उनले एकताका केही रहलपहल बाँकी भएपनि अब जति गरेपनि फुट्दैनन् भन्ने विपक्षीलाई परिसकेको बताए । उनले विगतमा कम्युनिष्ट आन्दोलनलाई अधिनायकवादी, तानाशाही भनेर अपमानित गर्ने प्रयास हुँदै आएको भन्दै नेताहरुबीच फाटो पार्ने भूमिगत षडयन्त्र असफल हुँदै आएको बताए ।

Share.

Leave A Reply