play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

प्रधानमन्त्री ओली संघीयता बिरोधी भएको गगन थापाको भनाई

0

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओली संघीयता विरोधी भएको बताएका छन्।

बिहीबार सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताए।उनले भने, ‘प्रधानमन्त्री संघीयताप्रति चरम अरुचि राख्ने व्यक्ति हो।

हामीसँगको छलफलमा पटक–पटक नेपालमा संघीयता चल्दैन भन्नु भएको छ।’ उनले संघीयता कार्यान्वयन गर्न ओली सरकार असफल भएको दाबी समेत गरे।
संघीयताप्रति रुची नभएकै कारणस्थानीय र प्रदेश सरकारलाई अधिकारविहीन बनाइएको थापाको भनाई थियो।

Share.

Leave A Reply