play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख धरौटी बुझाएर रिहा

0

जेठ १, ख्तियारका दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । उनी नेपाल ब‌ंगलादेश बैंकमार्फत बैंक ग्यारेन्टी राखेर छुटेका हुन् । नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै अख्तियार दुरुपयोग अनुसन्धानका पूर्व आयुक्त पाठकले ७८ लाख घुस लिएको समाचार सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएसँगै पाठकले आयुक्तबाट राजीनामा दिएका थिए । सञ्चार माध्यममा पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार आफैले पाठकको बारे अनुसन्धान गरेको थियो ।
विशेष अदालतमा बुधबार भएको थुनछेक बहसमा पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको हो । पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलेको थियो । बयानपछि भएको थुनछेकमा उनलाई धरौटी माग्ने निर्णय गरेको हो । पाठकसँगै घुस प्रकरणमा प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने फरार छन् । कलेजको मुद्धा मिलाउन भन्दै घुस रकम लिएको भिडियो बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त पाठकविरुद्ध चैत १२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Share.

Leave A Reply