play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

एएफसी कपको चौंथो खेलमा मनाङ र पन्जाब १–१ गोलको बराबरीमा

0

जेठ,१ ।
नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबलको चौंथो खेलमा बराबरी खेल्दै अंक बाडेको छ । आज भएको खेलमा मनाङले १० खेलाडीमा सिमित भारतीय क्लब मिनर्वा पन्जाबसंग १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलको ४० औं मिनेटमा थोइबा सिंहले गोल गर्दै मिनर्वालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा साहिद अजिजले गोल गर्दै मनाङलाई हारबाट जोगाए । बराबरीसंगै समूह ई मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । मिनर्वा ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यसअघि भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको पहिलो लेगको खेलमा मनाङ र मिनर्वाले २२ गोलको बराबरी खेलेका थिए ।

Share.

Leave A Reply