play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

भरतपुर महानगरको वडा नम्बर १ र ११ मा आयुर्वेद औषधालय सञ्चालन

0

चितवन,जेठ,१ ।

भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को महानगरपालिका स्वास्थ्य आयुर्वेद जीवनशैली व्यवस्थापनसम्बन्धी परियोजनाअन्तर्गत भरतपुर महानगरपालिका–१ देवघाट र वडा नम्बर ११ को स्वास्थ्य शहरी क्लिनिकमा औषधालय सञ्चालनमा ल्याइएको हो ।

औषधालयको आज भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले एक समारोहबीच उद्घाटन गरेकी हुन । देवघाटमा वृद्धवृद्धालाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिनेछ भने भरतपुर महानगरपालिका–११ को शहरी स्वास्थ्य क्लिनिकमा नियमित परीक्षणसँगै औषधि वितरण गरिने निर्देशनालयका आयुर्वेद शाखा प्रमुख डा झुलाराम अधिकारीले जानकारी दिए ।

 

अधिकारीका अनुसार प्रदेश सरकारले नमूना परियोजनाको रुपमा ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकामा कार्यक्रम शुरु गरेको हो । यसको प्रभावकारिता मूल्याङ्कन गर्दै सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

चितवनमा अब १० वटा आयुर्वेद औषधालय सञ्चालनमा रहनेछन् । वर्षेनी आयुर्वेद औषधितर्फ सर्वसाधारणको ध्यान केन्द्रित हुँदै गएसँगै नमूना परियोजनाको रुपमा काम थालिएको हो । दुवै औषधालयको एकैसाथ उद्घाटन गर्नुहुँदै महानगर उपप्रमुख शाहले हाम्रो गाउँघरकै जडीबुटीलाई प्राथमिकतामा राख्न सकेमा हाम्रो शरीरलाई फाइदा पुग्ने बताइन ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आयुर्वे्दिक औषधिले शरीरलाई प्रतिकूल असर नगर्ने भएकाले यसको प्रयोग बढाउनु पर्ने बताए । कार्यक्रममा भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष बाबुराम अधिकारी, निर्देशनालयका उपस्वास्थ्य प्रशासक डा रामबहादुर केसीलगायतले बोलेका थिए ।

चितवनमा वार्षिक ३५ हजारले आयुर्वेद सेवा लिने गरेका छन् । यो सेवा लिनेको सङ्ख्या बढ्दो क्रममा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए । मण्डलका अनुसार अहिले सर्ने रोगभन्दा नसर्ने रोगका बिरामीको चाप बढ्न थालेको छ । रासस

Share.

Leave A Reply