play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अख्तियारका पूर्व आयुक्त पाठक विशेष अदालतमा उपस्थित, बयान लिने क्रम जारी

0

जेठ, १ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालीन प्रमुख आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । अहिले उनको बयान भइरहेको छ । आजै थुनछेक बहस हुनेछ । पाठक धरौटीमा रिहा हुने सम्भावना छ । अख्तियार दुरुपयोग अुनसन्धान आयोगले पूर्व आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इञ्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाउन ७८ लाख घुस लिएको आरोप लागेपछि आयोगले पाठकमाथि छानबिन गरेको थियो । पाठकले घुस लिएको अडियो–भिडियो सार्वजनिक भएपछि गएको फागुन ३ गते पदबाट राजीनामा दिने वित्तिकै आयोगले पाठकमाथि अनुसन्धान थालेको थियो । अख्तियारमा बयान दिँदै पाठकले आफूले घुस लिएको स्वीकार गरेका थिए ।

Share.

Leave A Reply