play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

भरतपुर गोल्डकपको सेमिफाइनल खेल आजदेखि, चितवन र संकटा भिड्दै

0

चितवन,जेठ,१ ।
भरतपुर गोल्डकपको सेमिफाइनल चरणका खेल आजदेखि सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज घरेलु टिम चितवन–११ र संकटा क्लब आमनेसामने हुनेछन् । खेल अपराह्न ४ बजेपछि हुने आयोजकले जनाएको छ । चितवन–११ पहिलो क्वार्टरफाइनलमा आर्मीलाई ट्राइब्रेकरमा ६–७ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । संकटाले पनि जावलाखेल युथ क्लबलाई ट्राइबे्रकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतियोगितको सेमिफाइनलमा चितवन र संकटा क्लबसहित एपिएफ र झापा ११ प्रवेश गरेका छन । झापा–११ च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै, एपिएफ वीरगंज युनाइटेडलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गतेदेखि जारी प्रतियोगिता आगामी जेठ ४ सम्म सञ्चालन हुनेछ । ए जे इन्टरनेसनल प्रालिले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउने छ ।

Share.

Leave A Reply