play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

एएफसी कपमा मनाङ र पन्जाव भिड्दै

0

जेठ,१ ।
एएफसी कपमा नेपाली लिग च्याम्पियन मनाङले मिर्नेभा पन्जावविरुद्ध प्रतिष्पर्धा गर्दै छ । सुरुवाती ३ खेलमा पराजित भएको मनाङ पहिलो जितको खोजिमा मैदान उत्रन लागेको हो । यसअघि पन्जावविरुद्धको खेलमा बराबरी गरेको मनाङ घरेलु मैदानमा भने शतप्रतिशत नतिजाको खोजिमा हुने छ । मनाङले आज अपरान्ह ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा आफ्नो चौंथो खेल खेल्दै छ । खेलअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले जित्नका लागि मैदान उत्रने बताइसकेका छन् । यसअघिका तीन खेल नै बराबरी खेलेकाले अघिल्लो चरण संभाबना बलियो बनाउनपनि जित्नै पर्ने दबाबमा पन्जाब छ । मनाङले आज पञ्जावसँग खेलेपछि पाँचौ चरणमा ढाकासँग बंगबन्धु रंगशालामा आगामी असार ४ गते र अन्तिम खेलमा असार ११ गते चेन्नइयीनसँग एन्फा कम्प्लेक्समा खेल्ने कार्यतालिका रहेको छ । तीन चरण सकिदा चेन्नइयीन ७ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको ढाकाको ४ अंक छ भने पञ्जाव ३ अंक जोडेर तेस्रो स्थानमा छ । मनाङ १ अंकसहित चौथो स्थानमा छ ।

Share.

Leave A Reply