play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

चीनमा सबै भाषाका विकिपेडिया माथि प्रतिबन्ध

0

जेठ, १ ।
चीनका प्रमुख क्षेत्रमा विकिपेडीमाथि प्रतिबन्ध लागेको छ । विकिपेडियाका सबै भाषागत संस्करणमाथि प्रतिबन्ध लागेको हो । चीनका प्रमुख क्षेत्रमा गएको अप्रिलदेखि नै प्रतिबन्ध लागेको विकिपेडिया फाउन्डेशनले पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ । इन्टरनेटमाथिको सेन्सरसिपबारे अनुसन्धान गर्दै आएकाहरुले चीनमा विकिपेडिया ती हजारौँ वेबसाइटमा समाविष्ट छ जसमाथि चीनमा प्रतिबन्ध लागेको छ वा पहुँच दिइएको छैन । यसअघि चिनियाँ भाषाको विकिपेडिया संस्करणमा मात्रै प्रतिबन्ध लागेको थियो । विकिपेडियालाई स्वतन्त्ररुपमा सम्पादन गर्न मिल्ने इनसाइक्लोपेडियाका रुपमा लिने गरिन्छ । सन् २०१७ मा टर्की तथा यो वर्ष भेनेजुएलाले पनि विकिपेडियामाथि प्रतिबन्ध लगाएका छन् ।

Share.

Leave A Reply