play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

अमेरिकाले इरानसँग युद्ध नचाहेको विदेश मन्त्री पोम्पेओको जिकीर

0

जेठ,१ ।
अमेरिकाले इरानसँग युद्ध नचाहेको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका छन् । अमेरिका र इरानबिच तनाव बढ्दै गएका बेला विदेश मन्त्री पोम्पेओको यस्तो भनार्य आएको हो । रुस भ्रमणमा रहेका बेला अमेरिकी विदेश मन्त्री पोम्पेओले इरानले सामान्य व्यवहार गरोस् भन्ने मात्रै चाहेको बताएका हुन् । तर इरानले आक्रमण गरेमा त्यसको प्रतिकार भने गर्ने पोम्पेओले चेतावनी दिएका छन् । यसैबिच इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले पनि अमेरिकासँग कुनै युद्ध नहुने र युद्धको अवस्था नरहेको बताएका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका अमेरिकी विदेश मन्त्री पोम्पेओले रुसी शहर सोचीमा अमेरिका ‘आधारभूत’ रुपमा युद्धको पक्षमा नरहेको बताएका हुन् । तर इरानले आक्रमण गरेमा त्यसको जवाफ भने दिने उनले बताएका हुन् ।

Share.

Leave A Reply