play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

सांसदका सुझाव बजेटमा कार्यान्वयन गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

0

बैशाख, ३१ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदले दिएका सुझाव बजेटमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले यो वर्ष पुँजीगत बजेट खर्च हुने अवस्था सिर्जना गर्न नसकेको बताए । अर्थमन्त्री खतिवडाले वित्तिय संघीयताको कार्यान्वयन हुने अवस्था सिर्जना भएको दाबी गरे । उनले सरकारले लगानी गर्ने ४० प्रतिशत मात्रै भएको बताउँदै ६० प्रतिशत निजी र सहकारी क्षेत्रबाट आउने बताए । अर्थ मन्त्रालयले वित्तिय अनुशासन कायम गर्ने बताउदै अर्थमन्त्री खतिवडाले यसमा सरकारका अरु निकायले पनि सहयोग गर्नुपर्ने बताए । उनले ठूला आयोजनालाई प्राथामिकता दिने र प्रदेश तथा स्थानीय तहसँगको सहकार्यलाई अभिवृद्धि गरिने बताए । प्रिबजेट छलफल आज सकिएको छ । सरकारले जेठ १५ गते बजेट ल्याउँदै छ । यस्तै, प्रिबजेट छलफलमा भाग लिँदै आज नेकपाका सांसद अग्निप्रसाद सापटकोटाले देशमा भ्रष्टाचार बढेकाले त्यसलाई रोकथाम गर्न सरकार लाग्नुपर्ने सुझाव दिए । प्रमुख प्रतिपक्षी दल नेपालीका प्रमुख सचेतक बालकृष्ण खाँडले नीति कार्यक्रमपछि प्रिबजेट छलफल चलाएको भन्दै आपत्ति जनाए । उनले सरकारले संसदीय परम्परा तोडेको उल्लेख गरे । खाँडले सरकार मिडियालाई नियन्त्रण गर्ने सोचका साथ अघि बढेको र त्यसअनुसारका विधेयक एकपछि अर्को गरी ल्याएको दाबी गरे ।

Share.

Leave A Reply