play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चालु आर्थिक वर्ष भित्रै चितवनका एक हजार ४७ जनाले रोजगारी पाउदै

0

चितवन,बैशाख,३१ ।
चालु आर्थिक वर्ष २०७५÷०७६ भित्रै चितवनका एक हजार ४७ जनाले रोजगारी पाउने भएका छन् । स्थानीय तहलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएकालाई ३० दिन बराबरको रोजगार दिन निर्देशन गरेको छ । सरकारले चालु वर्षको बजेटमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार दिने भनेको थियो । बजेटको व्यवस्था कार्यान्वयनका लागि सरकारले यही आर्थिक बर्ष्भित्र रोजगारी दिन लागेको हो । चितवनका सात स्थानीय तहका एक हजार ४७ जनाले रोजगारी पाउने भएका छन् ।

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका चार सय ५१ जना, रत्ननगर नगरपालिकाका एक सय ४९ जना, राप्ती नगरपालिकाका एक सय १७ जना, खैरहनी नगरपालिकाका एक सय १३ जना, कालिका नगरपालिकाका ८६ जना, माडी नगरपालिकाका ८१ जना र इच्छाकामना गाउँपालिकाका ५० जना रहेका छन् । कामदार संख्याको आधारमा स्थानीय तहले सशर्त अनुदान बजेट समेत पाउने छन् । तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकाले एक करोड, कालिका नगरपालिकाले १९ लाख, खैरहनी नगरपालिकाले २५ लाख, माडी नगरपालिकाले १८ लाख, रत्ननगर नगरपालिकाले ३३ लाख, राप्ती नगरपालिकाले २६ लाख र इच्छाकामना गाउँपालिकाले ११ लाख रुपैयाँ बजेट सशर्त अनुदान पाउनेछन् । सरकारले चालु आर्थिक वर्ष्भित्र यही कार्यक्रम अन्तर्गत नेपालभर एक लाखभन्दा बढीलाई रोजगारी दिने भएको छ । स्थानीय तहमा बेरोजगारी सूचीमा दर्ता भएका एक लाख ६ हजार आठ सय ७२ जनालाई सरकारले यसै वर्ष्भित्र ३० दिन बराबरको रोजगार दिन लागेको हो ।

Share.

Leave A Reply