play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

प्रदेश ३ सभाको संसद बैठक कांग्रेसद्धारा अवरुद्ध

0

मकवानपुर,बैशाख,३० ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बसेको प्रदेश ३ सभाको संसद बैठक अवरुद्ध गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको पत्रहरु पढेर सुनाउनुभयो । वर्षे अधिवेशनको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गरेलगत्तै संसदको अरु काम कारबाही गर्न नदिनका लागि कांग्रेसका सांसदले उठेर संसद अवरुद्ध गरेका थिए । सभामुख श्रेष्ठले कांग्रेस सांसदलाई बस्नका लागि आग्रह गरे पनि राजधानीको प्रक्रिया सुरु नगरेसम्म संसद चल्ने नदिने प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले बताउनुभयो । प्रदेश ३ मा दुईतिहाइको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने विषयलाई पछाडि धकेल्दै लगेको भन्दै रुष्ट भएका कांग्रेस सांसदले बैठक अवरुद्ध गरेका थिए । राजधानी र नामाकरणको प्रक्रिया सुरु नगरेसम्म संसद बैठक चल्न नदिने नेता बानियाँले बताउनुभयो । यस अघि नै प्रदेश राजधानी र नामाकरणको प्रक्रिया वर्षे अधिवेशनमा सुरु गर्ने भनिए पनि त्यो विषयले आजको बैठकमा पनि प्रवेश पाएन । यता सत्तारुढ दल नेकपाका संसदीय दलका उप नेता शालिकराम जमरकट्टेलले कांग्रेसले संसद अबरुद्ध गरेर अमर्या्दित काम गरेको बताउनुभयो । राजधानी तोकिनुपर्छ भनेर आफूहरुले पनि आवाज उठाएकाले यो विषयको टुङ्गो वर्षे अधिवेशनबाट लगाइने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply