play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

भरतपुर गोल्डकपमा झापा ११ सेमिफाइनलमा प्रवेश

0

चितवन, बैशाख,३० ।
झापा ११ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न दोस्रो क्वार्टरफाइनलमा च्यासल युथ क्लबलाई २ एक गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । यी २ टिमबीचको हिजो आपराह्न भएको खेल हावाहुरीका कारण स्थगित भएको थियो । स्थगित हुनुअघि झापाको २ तथा च्यासलले १ गोल गरेको थियो । बाँकी १५ मिनेटको खेल आज बिहान खेलाइएकोमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि झापा विजयी भयो । झापाका लागि संजोग राईले खेल सुरु भएको १ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । यस्तै निसान लिम्बूले पहिलो हाफपछि थपिएको ४ मिनेटमा टिमको दोस्रो गोल गरे । उता, च्यासलका लागि सवि गुरुङले ५९ औँ मिनेटमा गोल गरेका थिए । उनै सवि गुरुङ खेलको म्यान अफ दि म्याच बने । गुरुङले नगद १० हजार पाएका छन । प्रतियोगिताअन्तर्गत अपराह्न ४ बजे संकटा र जावलाखेल भिड्ने आयोजकले जनाएको छ । वैशाख २४ गतेदेखि सुरु भएको प्रतियोगिता जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । उपाधि विजेताले ६ लाखसहित गोल्डकप र उपविजेताले ३ लाख पाउनेछ ।

Share.

Leave A Reply