play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस

0

बैशाख,२९ ।
अन्तर्रा्ष्ट्रिय नर्सिङ दिवस आज मनाइँदैछ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसर पारेर अन्तर्रा्ष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले दिवसका अवसरमा आइतबार विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका नर्स गरी झण्डै ४८ हजार ९ सय भन्दा धेरै रहेका नेपाल नर्सिङ परिषदको तथ्याङकमा उल्लेख छ । नेपालमा सरकारी तथा निजी स्तरमा गरी झण्डै साढे २ सय शिक्षण संस्थाबाट वार्षिक रुपमा ८ हजार भन्दा धेरै जनशक्ति उत्पादन हुने गरेका छन् । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनु जस्ता कठिनाइ अहिले भोगिरहेका मुख्य समस्या भएको नर्सहरुको गुनासो छ ।

Share.

Leave A Reply