play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

उत्कृष्ट खाद्य वस्तु उत्पादन गर्दै जयश्री फुड्स ७ औं वर्षमा

0

बैशाख २८ गते ।
नवलपुरको जयश्री फुड्स प्रा.लि. स्थापनाको ६ वर्ष पुरा भएको छ । कम्पनी ७ औं वर्षमा पुगेको खुशीयालीमा आज पुजा अर्चना सहित रक्तदान कार्यक्रम गरिएको छ । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सीमा रहेर कम्पनीको परिसरमा सम्पन्न उक्त कार्यक्रममा गैंडाकोट नगरपालिका प्रमुृख छत्रराज पौडेल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा जयश्री फुड्स प्रा.लि. का अध्यक्ष पवन अग्रवालले कम्पनीलाई यो उचाई सम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण कमचारीहरुलाई धन्यवाद व्यक्त गनुभएको थियो । उहाँले कम्पनी संचालन गर्दैगर्दा महत्वपूर्ण सहयोग गर्ने स्थानिहरु प्रति पनि आभार प्रकट गर्दै कम्पनी र स्थानिय विचको सम्बन्ध सधै यस्तै रहने विश्वास व्यक्त गर्नुभयो ।

७ औं वर्ष प्रवेशको खुशीयालीमा गरीएको रक्तदान कार्यक्रममा ८० जना पुरुष र ३ जना महिला सहित ८३ जनाले रक्तदान गरेका थिए । जय श्री फुड्स प्रा.लि. ले बाट भान्साघर, माईतीघर, मङ्गलम् , शुभमुर्त, निम्तो, शुभलगन लगाएतका ब्रान्डका चामल, चिउरा, भुजा, मसेउरा बजारमा छन् । जयश्री फुड्स प्रा.लि. का म्यानेजर अमित अग्रवालका अनुसार काठमाडौंमा मुख्य कार्यलय रहेको यस कम्पनीको उत्पादन नेपालका मुख्य शहर काठमाडौं, नारायणगढ, हेटौंडा, पोखरा लगाय नेपाल भरीनै विक्रिवितरण हुने गरेको छ । २०० जना भन्दा बढि लाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको कम्पनीले स्थानीलाई रोजगारीमा प्राथमीकता दिएको अग्रवालले जानकारी दिनुभएको छ । नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवसको उपलक्ष्यमा उत्कृष्ट खाद्य वस्तु उत्पादन गरेको भन्दै यस अघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जय श्री फूड्स प्रा.लि, नवलपरासी सम्मान समेत गरेको थियो ।

Share.

Leave A Reply