play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

करको दायरा बढाउन अर्थमन्त्री खतिवडाको निर्देशन

0

बैशाख,२७ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिनुभएको छ । अर्थमन्त्री खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रमा कर असुली नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो । आज आन्तरिक राजस्व विभागले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन ढिलाई गरिएकोमा आक्रोश पनि व्यक्त गर्नुभयो । कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यसको करको दायरा बढाउन ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

Share.

Leave A Reply