play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

पुतलीबजारमा आजदेखि ग्यालेक्सी इम्पाइर

0

चितवन,बैशाख,२० ।

नारायणघाटको पुतलीबजारमा आजदेखि ग्यालेक्सी इम्पाइर लंग बार सञ्चालनमा आएको छ । ७ हजार वर्ग फिटमा फैलिएको सो बारमा एकै पटकमा २०० जना अटाउन सक्ने सञ्चालकले बताएका छन् । बारका म्यानेजर अनुप खत्रीले सो बारमा ग्राहकले उपयुक्त वातावरण र सुविधा सम्पन्न सेवा प्राप्त गर्न सक्ने दाबी गर्नुभयो । पारिवारिक रेष्टुरेण्टको अभाव पूर्ति गर्न बारले भूमिका खेल्ने उहाँको भनाइ रहेको छ । बारमा सुपथ मूल्यमा नै संसारका प्रमुख सहरका खानाको स्वाद लिन सकिने बताइएको छ ।

बारका एमडी विशाल श्रेष्ठले खानाको स्वच्छताका विषयमा कुनै पनि सम्झौता गर्न नमिल्ने भन्दै ओपन किचेनको अवधारणामा अघि बढेको बताउनुभयो । बारमा हरेक बुधबार, शुक्रबार, शनिबार र आइतबारका दिन ग्राहकहरूले लाइभ म्युजिकको समेत आनन्द लिन सक्ने उहाँले जानकारी दिनुभयो । महर्जन प्लाजाको चौंथो तल्लामा रहेको सो बारमा अण्डर ग्राउण्ड पार्किङको व्यवस्था गरिएको छ । हाल बारले करिब ४० जनालाई रोजगारी प्रदान गरेको समेत श्रेष्ठले बताउनुभयो ।

Share.

Leave A Reply