play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

भरतपुरमा पनि अनलाइनबाटै खानेपानीको महसूल तिर्न मिल्ने

0

सिनर्जी संवाददाता

वैशाख १९, भरतपुर ।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डले पनि अनलाइनमार्फत् पानीको महसूल तिर्न मिल्ने व्यवस्था सुरु गरेको छ । उसले वैशाख १५ गतेदेखि खानेपानीको महसूल इ–सेवामार्फत तिर्न मिल्ने बनाएको हो । यसअन्तर्गत खानेपानीका ग्राहकले सबैभन्दा सुरुमा एप स्टोरमा गई इ–सेवा एप डाउनलोड गर्नु पर्नेछ । त्यसपछि खानेपानी पेमेन्ट अप्सनमा गई भरतपुर खानेपानी चितवन छान्नुपर्नेछ । त्यस मुनि रहेको खालि ठाउँमा अंक १ र ड्यास सँगै साविकको ग्राहक कोड नं (१–#####) टाइप गर्नु पर्नेछ ।

 

 

बोर्डको कार्यक्षेत्र ठूलो हँुदै गएको र ग्राहकहरूलाई काउण्टरमै आएर महसूल तिर्न गाह्रो हुने गरेकाले अनलाइन पेमेन्ट सुरु गरिएको बोर्डका प्रशासन शाखा प्रमुख एवम् सूचना अधिकारी सञ्जय बरालले जानकारी दिनुभयो । सुरुवाती चरणमा ग्राहकहरूको तर्फबाट सकारात्मक प्रतिक्रया आएको उहाँले बताउनुभयो । सँगै पछिल्ला दिन भरतपुर महानगरपालिकामा विद्युत आपूर्ति नियमित नहुँदा र सुख्खायामका कारण पनि संकलित खानेपानी सबै ग्राहकसम्म पु¥याउन गाह्रो भएको उहाँले जानकारी गराउनुभयो । सबैलाई संयमित भई पानीको प्रयोग गर्न समेत उहाँले आग्रह गर्नुभएको छ । बोर्डले हाल महानगरपालिकाका एक लाख पचास हजार बढी मानिसहरूलाई शुद्ध खानेपानी वितरण गर्दै आएको छ ।

Share.

Leave A Reply