play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

जनताको गीतबाट स्वतन्त्र बन्न शर्माको आग्रह (भिडियो सहित)

0

वैशाख १७ ।
श्रोता र दर्शकका लागि हरेक पटक नयाँ स्वाद प्रस्तुत गर्दै आएका गायक हेमन्त शर्माले अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । स्वतन्त्र बोलको सो गीत शर्माले आज आफ्नो युट्युब च्यानल मार्फत प्रिमियर गरेका हुन् । गीतमा संगीत र शब्द गायक शर्माकै रहेको छ ।

गीतको मिक्सिङमा शर्मालाई श्यामश्वेत रसाइलीको सहयोग मिलेको छ भने एरेन्जको काम बीबी अनुरागीले गरेका छन् । युमी बलामी, शुभम भुजेल र रोमा न्यौपाने अभिनित म्युजिक भिडियोको निर्देशन पनि गायक स्वयमंले गरेका छन् ।
भिडियोमा ब्याण्ड सहित देखिएका उनले गीतमार्फत स्वतन्त्र बन्नु पर्छ भन्ने सन्देश व्यक्त गरेका छन् । सिनर्जी एफएमसँग बोल्दै उनले झुटा पद्दतिलाई झुटो भन्ने आँट सबैमा हुनुपर्ने बताए । गीतका शब्दमार्फत थिचोमिचो सहेर बस्न नहुने कुरा व्यक्त गर्न खोजिएको उनले जानकारी दिए । त्यस्तै, उनले आफ्नो पनको बढी माया लाग्ने भएकाले लोक पनाका शब्द चयन गरेको बताए ।
पुरा भिडियो यहाँ हेर्नुहोस् :
https://youtu.be/11ZhyRgVwvg

Share.

Leave A Reply