play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बैशाख ९ गते नारायणी कला मन्दिरमा ‘गरिमा इन्द्रेणी साँझ २०७६’

0

बैशाख ८ गते ।
नारायणगढको नारायणी कला मन्दिरमा भोली (सोमबार) ‘गरिमा इन्द्रेणी साँझ २०७६’ हुने भएको छ । नारायणी कला मन्दिरले नयाँ वर्ष २०७६ को अवसर पारेर इन्द्रेणी साँझ गर्न लागेको हो । बैशाख ९ गते साँझ छ बजे देखि ८ बजे सम्म संचालन हुने इन्द्रेणी साँझ मा नारायणी कला मन्दिरले उत्पादन गरेका कलाकारहरुको नृत्य र गायन प्रस्तुती रहने नारायणी कला मन्दिरका अध्यक्ष अमर प्रद्यानले जानकारी दिनुभयो । उहाँका अनुसार मौलिक गित तथा स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्नका लागि कला मन्दिरले ईन्द्रेणी साँझ गर्दै आएको छ । अध्यक्ष प्रद्यानका अनुसार २०४९ साल देखि नयाँ वर्षको अवसर पारेर नारायणी कला मन्दिरमा ईन्द्रेणी साँझ आयोजना हुँदै आएको छ । इन्द्रेणी साँझका लागि आयोजकले प्रवेश निः शुल्क गरिएको छ । गरिमा ईन्द्रेणी साँझ २०७६ को प्रायोजक गरिमा विकास बैंक लिमिटेड रहेको छ । सह–प्रायोजकमा पुरानो मेडिकल कलेज, ईन्द्रेणी कलर हाउस र श्रष्टा इन्जिनिरिङ्ग कन्सल्टेन्सी प्रा.ली रहेका छ ।

Share.

Leave A Reply