play_circle_outline On Air

फन फन्नी

play_circle_outline On Air

फन फन्नी

एनएमबि बैंकको चितवनमा पनि ‘एनएमबि सबैको सहारा बचत खाता’

0

भरतपुर, बैशाख ५

एनएमबी बैंकले चितवनमा पनि ‘एनएमबि सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ । खोलौ बैंक खाता अभियान २०७६ अन्तर्गत एनएमब बैंकले ‘एनएमबि सबैको सहारा बचत खाता’ योजना सञ्चालनमा ल्याएको बिहिबार नारायणगढमा एक औपचारिक समारोहका विच जानकारी दिइएको छ ।

‘सबैका लागि बचत, सधैंका लागि सहारा’ नारा राखिएको यो योजना बैंकले यस अघि सञ्चालन गरेको ‘एक घर एक खाता’ अभियानलाई परिस्कृत गररी ल्याएको प्रदेश श्याम अधिकारीले बताए । अधिकारीका अनुसार ’समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नेपाल सरकारको अभियानमा साथ दिन योजना ल्याएको हो । योजनाअन्तर्गत बैंकमा खाता खोल्दा ग्राहकले बैकंको तर्फबाट १०० रुपैयाँ प्राप्त गर्ने छन् । खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा सुरक्षण गरिनेछ ।

खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, वा क्यान्सर, किड्नी निस्कृयता, लिभरको रोग, मस्तिस्कघात, हृदयाघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भिर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल या नीजको नजिकको हकवालालाई १० लाख रुपैयाँ सम्मको बीमा रकम उपलब्ध गराइनेछ । यसका अतिरिक्त उक्त खातामा सर्वाधिक ब्याजदर, निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ्ग, निशुल्क ईन्टरनेट बैंकिङ्ग, तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निशुल्क रकम झिक्न सकिने छ । चितवनमा यस योजना अन्र्तगत ५ लाख बढी को खाता खोल्ने लक्ष्य राखिएको नारायणगढ शाखा प्रमुख विष्णु प्रसाद पौडेलले बताए । सन् २०१७ र २०१८ मा लगातार र्वंक अफ द इयर अर्वाड प्राप्त गर्न सफल बैंक ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको नेपालमा एक मात्र सदस्य बैंक भएको बैंकका प्रदेश नम्बर ३ प्रमुख गणेश पराजुलीले बताए । बैंकका देसभरि ११० शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ९९ एटिएम सञ्चालनमा छन्।

Share.

Leave A Reply