play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

सामाजिक सम्बन्ध बलियो बनाउने खैरहनी नगर शिक्षा अधिकारीको प्रतिवद्धता

0

खैरहनी, ०५ बैशाख । शिक्षकहरुकै जस्तो समाजिक सम्बन्ध बलियो बनाउन आफू स्थानीय तहमा आएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले बताएका छन् । नेपाल शिक्षक महासंघ खैरहनी नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा खैरहनी नगरपालिकाका नवनियुक्त नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।
आफूले चाहेको भएको संघमै रहन सकिन्थ्यो तर सबैले संघ रोज्दा स्थानीय तहको विकास र समृद्धि सम्भव नहुने भएकोले हालसम्म हासिल गरेको विगतका अनुभवहरु सदुपयोग गर्नका लागि यहाँ आएको नगर शिक्षा अधिकारी पौडेलले बताए ।
विभिन्न जिल्लामा शिक्षा अधिकारीको भूमिका निभाउने क्रममा सबै शिक्षकलाई समान व्यवहार गरी काम गरेको अनुभव सुनाउँदै शिक्षा अधिकारी पौडेलले विधि र प्रक्रियालाई सबैले अबलम्बन गर्नैपर्ने बताएका छन् ।
कार्यक्रममा नयाँ शिक्षा अधिकारी महेन्द्र पौडेललाई स्वागत तथा निवर्तमान शिक्षा अधिकारी हेम शर्मा पौडेललाई विदाई गरिएको थियो । विदाईको क्रममा निवर्तमान नगर शिक्षा अधिकारी हेम शर्मा पौडेलले विद्यमान शिक्षा पद्धतिलाई परिवर्तन गर्न शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
नेपाल शिक्षक महासंघ नवराज ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन खैरहनीका नगर अध्यक्ष अमृत अधिकारी, अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष कृष्ण दुवाडी लगायतले मन्तव्य व्यक्त गर्दै शिक्षकका समस्याहरु अवगत गराएका थिए ।

Share.

Leave A Reply