play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बम भनेर डिस्पोज गरेको कुकरभित्र बासी भात

0

बैशाख ०५ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले राखेको नक्कली कुकर बमबाट सुरक्षाकर्मी नै झुक्किएका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित बेलगाछीमा बिहीबार बिहान नक्कली कुकर बम राखिएको फेला परेको हो। बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिएको छ। कुकरभित्र भात भेटिएपछि डिस्पोज टोली नै छक्क परेको थियो। कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो। जसले गर्दा स्थानीयमा त्रास फैलाएको थियो।

Share.

Leave A Reply