play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

भाजपा प्रवक्तामाथि जुत्ता प्रहार

0

एजेन्सी, ०५ बैशाख । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता जीबीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार गरिएको छ । भाजपाको मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रावमाथि जुत्ता प्रहार गरिएको हो । प्रवक्ता रावमाथि जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । ती व्यक्ति उत्तर प्रदेशको कानपुरका बासिन्दा भएको बताइएको छ । उनीबारे विस्तृत जानकारी भने खुलाइएको छैन । जुत्ता प्रहारपछि पनि भाजपाका प्रवक्ता राव अत्यन्तै संयमित देखिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जुत्ता प्रहार हुँदा पनि उनले पत्रकार सम्मेलनमा आफ्नो कुरा शालीन ढंगबाट राखे नवभारत टाइम्सले जनाएको छ । भारतमा यसअघि पी. चिदम्बरम र अरविन्द केजरीवालमाथि पनि जुत्ता प्रहार गर्ने र कलममा प्रयोग हुने मसी (इंक) छर्किने जस्ता घटना भइसकेका छन् ।

Share.

Leave A Reply