play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

पत्रकार महासंघद्धारा देशैभर प्रदर्शन

0

काठमाण्डौं, ०५ बैशाख । नेपाल पत्रकार महासङ्घले पत्रकारलाई विद्युतीय कारोवार ऐन अन्तगर्त पक्राउ गर्ने क्रम रोक्न माग गर्दै बिहीबार देशैभरी प्रदर्शन गरेको छ । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को प्रयोग गरेर पत्रकारलाई समाचार लेखेकै कारण पटक–पटक पक्राउ गर्ने क्रम बढेपछि बिहीबार सबै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिइएको पत्रकार महासंघले जनाएको छ । निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा नगर्न आग्रह गर्दै जिल्ला शाखाहरुको अगुवाईमा बिहान साढे ९ देखि साढे १० बजेसम्म प्रदर्शन गरिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेज गर्न तथा समाचार लेखेकै कारण पोखरामा पक्राउ परेका पत्रकार अर्जुन गिरीको रिहाइको माग पनि गरेको छ । यसबारेमा महासङ्घ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने र विरोधका थप कार्यक्रम सञ्चालन गर्ने पनि महासचिव विष्टले बताउनुभयो ।

Share.

Leave A Reply