play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

ट्रकले मोटरसाइकल लाइ ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु

0

भरतपुरमा आज साँझ ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । भरतपुर महानगरपालिका ११ बाइपास रोडमा आँपटारीबाट केन्द्रिय बसपार्क तर्फ आउँदै गरेको बा ४ ख ८१७६ नम्बरको ट्रकले सडक क्रस गर्दै गरेको बा ४६ प ७८३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका ५ बस्ने ३७ बर्षिय रेशम बहादुर गुरुङको उपचारका लागि भरतपुर अस्पतालमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।ठक्करबाट सोही दुर्घटनामा साइकल यात्री भरतपुर ११ गणेस्थानका श्याम कुमार श्रेष्ठ घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।ठक्करबाट सोही दुर्घटनामा साइकल यात्री भरतपुर ११ गणेस्थानका श्याम कुमार श्रेष्ठ घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

Share.

Leave A Reply