play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सप्तगण्डकी इकाइले ग¥यो शुभकामना आदानप्रदान

0

वैशाख ४, भरतपुर ।
नेपाल विद्यार्थी संघको ५० औं स्थापना तथा नववर्षको अवसरमा नेविसं सप्तगण्डकी बहुमुखी क्याम्पस इकाइले आज शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ्गले विद्यार्थीहरू लगनशील र अनुशासित हुनुपर्ने बताउनुभयो । त्यस्तै नेविसंका केन्द्रीय उपाध्यक्ष नीलकण्ठ रिजालले योग्य विद्यार्थीले नेतृत्व गर्न नचाहे अयोग्यबाट शासित बन्नुपर्ने अवस्था आउनसक्नेतर्फ इंगित गर्नुभयो. । शिक्षित युवाले राजनीति छाडे राजनीति डामाडोल हुने उहाँको भनाइ थियो । राजनीतिलाई गलत तरिकाले अर्थ लगाइने गरिएको भन्दै उहाँले नयाँ र असल सोच दिने व्यक्तिलाई मात्र नेता भन्न मिल्ने बताउनुभयो । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले फरक आस्थामा लागेको भन्दैमा क्याम्पसले कुनै पनि विद्यार्थीसँग नराम्रो व्यवहार गर्न नहुने बताउनुभयो । कार्यक्रममा उपस्थित हुनुभएको क्याम्पस प्रमुख मणिराज महतोले विद्यार्थी संगठनले व्यक्तित्व विकासमा सहयोग पु¥याउने भन्दै आफ्नो कार्यकालमा क्याम्पसमा कुनै पनि गलत कार्य नहुने दाबी गनुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा नेकाका पूर्व जिल्ला सभापति कुष्णलाल सापकोटा, नेविसंका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारी, नेविसं महासमिति सदस्य राजेश्वर खनाल, लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply