play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

माडी गोल्डकपमा ठोरी स्पोर्टस क्लबको बिजयी सुरुवात

0

चितवन, बैशाख ०४ । चितवनको माडीमा चलिरहेको माडी गोल्डकप फुटबल प्रतियोगिता २०७६ मा आज दुइ वटा खेल हुदैछन ।हिजो हुने भनिएको ठोरी स्पोर्टस क्लब प्रदेश(२ र आयोजक बसन्तपुर युनाइटेट क्लब बिचको खेल बर्षाले स्थगित भएपछी खेल आज बिहानका लागि सारिएको थियो ।आज बिहान भएको सो खेलमा ठोरी स्पोर्टस क्लब प्रदेश(२ ले आयोजक बसन्तपुर युनाइटेट क्लबलाइ १(० गोल अन्तरले पराजित गरेको छ ।निकै रोमान्चक भएको खेलमा ठोरीलाइ बिजयी गराउन म्यान अफ द म्याच घोषित भएका निश्चन दुलालले गोल गरेका थिए ।यसैबीच आजै ४ बजे एभरेष्ट क्लब चितवनले चैनपुर फुटबल क्लबको सामना गर्ने छ ।बैशाख १५ गते सम्म चल्ने प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर, पर्सा र तनहूँ जिल्लाका गरी १६ वटा टोलीले सहभागिता रहेको छ ।प्रतियोगिताको प्रथम हुने टिमले नगद २ लाखको साथमा आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्दा दोस्रो हुने टिमले नगद १ लाखको साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक नवीन बस्यालले बताए ।त्यस्तै, प्रतियोगिताको अन्त्यमा वेष्ट किपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्ड, वेष्ट फरवार्ड, सर्वा्धिक गोलकर्ता, सर्वाेत्कृष्ट खेलाडी, अनुशासित टोली, लगायतको शीर्षकमा पनि पुरस्कार वितरण गरिने आयोजकले बताएको छ ।

Share.

Leave A Reply