play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

गृहमन्त्री थापा भन्नुहुन्छ – विप्लव समूहलाई मूलधारमा ल्याउन प्रयास जारी छ

0

बैशाख ०४ । गृहमन्त्री रामबहादुर थापा बादलले नेक्रविक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारमा ल्याउने प्रयत्न जारी रहेको बताएका छन्। हेटौंडामा जारी ३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका गृहमन्त्री थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै राज्य र संविधानविरोधी समूहको रुपमा रहेको विप्लव समूहलाई वार्ता र संवादको माध्यमबाट मूलधारमा ल्याउने प्रयत्न जारी रहेको बताएका हुन्।
विप्लव नेतृत्वका शीर्ष नेताहरुले संविधानविरोधी क्रियाकलाप गरेकाले नियन्त्रणमा लिइएको उनले दाबी गरे। गृहमन्त्री थापाले राज्यविरोधी गतिविधि गरेको समयमा सिके राउतलाई पनि नियन्त्रणमा लिएको स्मरण गराए। मन्त्री थापाले देशको सुरक्षा अवस्थालाई सुदृढ गर्नका लागि हेटौंडमा सुरक्षा परिषद्को भेला राखिएको दाबी गरे। उनले संघीय प्रहरी ऐन नबनेको कारण प्रदेश र स्थानीय तहलाई शान्ति सुरक्षाको अधिकार नदिइएको जस्तो देखिएको भए पनि कार्यकारी आदेशबाट उक्त समस्याको समाधान गरिएको बताए।

Share.

Leave A Reply