play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

इराकले पब्जी गेममा रोक लगाउने

0

बैशाख ०४ । नेपालले अनलाइन गेम पब्जीलाई रोक लगाएपछि यसको सिको खाडी राष्ट्र इराकले पनि गर्ने भएको छ । इराक पनि यसलाई रोक लगाउने तयारीमा लागेको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले बुधबार जनाएको छ । इराकको संस्कृति सम्बन्धी संसदीय समितिले सो सम्बन्धी कानुनको मस्यौदा बनाइरहेको छ । त्यसमा पब्जीले कम उमेरका युवाहरुको दिमाग बिगार्ने काम गरिरहेको र त्यसलाई बन्द गर्नुपर्ने जनाइएको छ ।
बग्दादमा पत्रकार सम्मेलन गर्दै सो समितिका अध्यक्ष समिया गुलाबले पब्जी जस्ता खेलले बालबालिका र युवालाई कुलतमा पारेको जनाउँदै त्यसलाई रोक्नका लागि समितिले कानुनको मस्यौदा तयार पार्न लागेको जनाइन् । सो खेलबारे नेपालमा विभिन्न अभिभावक र विद्यालयको गुनासो आएपछि बन्द गरिएको समाचारमा जनाइएको छ । सो समाचारमा नेपालका प्रहरी अधिकारी धिरज सिंहलाई उद्धृत गर्दै ८ वटा विद्यालय र २५ अभिभावकको पत्र प्रहरीकहाँ आएपछि यसलाई रोक लगाउने प्रक्रिया अघि बढेको हो ।

Share.

Leave A Reply