आईसीसी यु–१९ क्रिकेटमा ओमानमाथि नेपालको शानदार जित

0

बैशाख,३ ।
मलेसियामा जारी आईसीसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेट एशिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रन बनाए। ८१ बल खेलेका उनले पाँच ५ चौका र २ छक्काको मद्दतमा ७५ रन बनाएका हुन् ।  यस्तै प्रतिस जिसीले ४१, भिम सार्कीले ३९, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रनको योगदान दिए । बलिङतर्फ पवन सरार्फले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २ मेडन सहित २४ रन दिएर ३ विकेट लिएका हुन् । यस्तै सूर्य तामाङ र प्रतिस जिसीले दुई–दुई, कुशल मल्ल, भिम सार्की र कमलसिंह ऐरीले एक–एक विकेट लिए । २३० रनको लक्ष्य पछ्याएको ओमानले ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै ७९ रन मात्रै बनाउन सक्यो । ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले समान १३ रन बनाए पनि अन्यले दोहोरो अंक छुन सकेनन्। बलिङतर्फ ओमानका जिल तन्ना, अजाम अली, सन्जय रविन्द्र र मुजाहिर राजाले दुई–दुई विकेट लिए भने एस मेहता र प्रथामेश कुम्लेले एक –एक विकेट लिए ।

Share.

Leave A Reply