play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

यू–१९ विश्वकप छनोटमा नेपालद्धारा ओमानसामु २ सय ३० रनको लक्ष्य पेश

0

बैशाख,३ ।

आइसीसी यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ । मलेसियाको सिंलगार टर्फ क्लवमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर एक बलमा दुई सय २९ रन बनायो। सुरुवात राम्रो गर्न नसकेको नेपालले १२ रनमा पहिलो विकेट गुमाएको भने ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो ।  नेपालका पवन सराफ ५ रनमा आउट भए भने रित गौतम १० रनमा पेभेलियन फर्किए। नेपालको स्कोर ६२ रन हुँदा तेस्रो विकेट झर्यो  । आजको खेलमा डेब्यु गरेका अभिनाश बस्नेत १५ रनमा आउट भए । त्यसपछि नेपालका स्कोर ७५ रन हुँदा अनुभवी तथा भरपर्दा खेलाडी सन्दिप जोरा मात्र चार रनमा आउट भएपछि चौथो विकेट गुमायो। डेब्यु खेलमा अर्धसतक बनाएका हरी चौहान मात्र दुई रनमा आउट भए। जसका कारण नेपालले ८१ रनमा पाँच विकेट गुमायो । छैटौ विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम शार्की विच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितीमा पुगेको हो । तर कप्तान रोहित ७५ रनमा आउट हुन पुगे । त्यसको लगत्तै भिम पनि ३९ रनमा बाहिरीए । जसका कारण नेपालले एक सय ७५ रनमा सात विकेट गुमायो । तर त्यसपछि कुशल मल्लपनि मात्र दुई रनमा आउट भएपछि आठौं विकेट गयो । लगत्तै कमलसिंह ऐरी एक रनमा आउट भएपछि नेपाल नवा‌ै‌ विकेट गुमायो । अन्तिममा आएका प्रतिश जिशीले विस्फोटक ४१ रन बनाएपछि नेपालले बलियो लक्ष्य दिन सफल भयो ।

Share.

Leave A Reply