आजदेखि विदेशबाट फर्किएका युवाको सीप परीक्षण

0

बैशाख,३ ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएर सीप परीक्षणका लागि निवेदन दिएका व्यक्तिको सीप परीक्षण आजदेखि ७ गतेसम्म गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७५र७६ मा वैदेशिक रोजगारीबाट फर्किएका एक हजार जना युवाको सीप परीक्षण गर्न आवेदन माग गरेको थियो । फारम भर्ने म्याद थप्दा पनि झण्डै साढे ४ सय जनाले मात्रै सीप परीक्षणका लागि निवेदन दिएका छन् । पहिलो पटक गएको मंसिर ११ गतेदेखि मंसिर मसान्तसम्मको म्याद दिएकोमा फारम भर्नेको सङ्ख्या कम भएपछि पुस मसान्तसम्मको म्याद थपिएको थियो । तर यो अवधिमा पनि सरकारले लक्ष्य लिएको भन्दा आधा कम युवाले फारम भरेका छन् । वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने स्थिती अन्त्य गर्न भन्दै सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको हो । वैदेशिक रोजगारीबाट फर्किंदा कामको प्रमाणपत्र नहुने र केही काम नपाएको भन्दै फेरि पनि विदेश नै जानुपर्ने अवस्थाको अन्त्य गर्न भन्दै सरकारले पहिलो पटक सीप परीक्षण गरेर प्रमाणपत्र दिन लागेको हो ।

Share.

Leave A Reply