play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा ग्लोबल एजुकेसन एण्ड माइग्रेसनको शाखा  बिस्तार 

0

चितवन,बैशाख,२ ।
काठमाडौंको पुतली सडकमा मुख्य कार्यालय रहेको ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले आफ्नो शाखा चितवनमा बिस्तार गरेको छ । ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले आज नारायगढको सहिदचोकमा शाखा बिस्तार गरेको हो । उद्योग बाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजन गौतमले बिस्तारित शाखाको रिबन काटेर उद्द्घाटन गरेका थिए ।

जेम्स ग्रुपले सन्चालन गरेको ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले सन् २००७ मा वर्ल्ड वाइड एजुकेसन कन्सल्टेन्सी नाममा अष्ट्रेलियाको सिड्नीबाट सेवा दिन शुरु गरेको संस्थाका प्रबन्ध निर्देशक विवुध लुइटेलले जानकारी दिएका छन । त्यसको २ बर्ष पछी सन् २००९ मा नाम परिवर्तन गरेर ग्लोबल एजुकेसन एण्ड माइग्रेसन राखिएको उनले जानकारी दिए । सिड्नीबाट सेवा दिन शुरु गरेको १० बर्ष पछी सन् २०१७ मा काठमाडौंमा कार्यालय स्थापना गरेको लुइटेलले बताए ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिनको लागि ग्लोबल एजुकेसन एण्ड माइग्रेसन स्थापना भएको लुइटेलले बताए । यस्तै लुइटेलले आफुहरुले विद्यार्थीको शैक्षिक, आर्थिक लगायतका अवस्था अनुसार युनिभर्टी र कोर्ष बारे परामर्श दिने गरेको बताए । चितवनबाट उच्च शिक्षाको लागि अष्ट्रेलिया जाने विद्यार्थीहरु धेरै रहेकाले उनिहरुलाई सही र उचित परामर्श दिन दिनका लागि चितवनमा शाखा बिस्तार गरेको उनले बताए । ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले काठमाडौंको जोरपाटी, चाबहिल,महाराजगंज सँगै बिराटनगर र पोखरामा यस अघी नै शाखा बिस्तार गरिसकेको जानकारी दिदै यसको शाखा दुबइ र श्रिलंकामा समेत रहेको बताए ।

Share.

Leave A Reply