play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

यू–१९ क्रिकेटमा मलेसियामाथि नेपालको शानदार जित

0

बैशाख, २ ।
आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको खेलमा मलेसिया विरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ८ विकेटले हराएको हो । ९३ रनको लक्ष्य पाएको नेपालले मात्र १३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपाललाई जित दिलाउन रित गौतमले नटआउट ३९, आशिफ शेखले २६, पवन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान दिए । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिएका थिए । नेपालले यसअघिका दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।

Share.

Leave A Reply