‘आईएसले युरोपमा भीषण आक्रमणको तयारीमा गरिरहेको खुलासा

0

बैशाख,२ ।
आतंकवादी गतिविधि गर्दै आइरहेको इस्लामिक स्टेट (आईएस)ले युरोपमा भिषण आक्रमणको तयारी गरिरहेको खुलेको छ । चार वर्षअघि फ्रान्सको राजधानी पेरिसमा गरिएको आक्रमण जस्तै आक्रमण आईएसले फेरि गर्ने तयारी गरेको एक बेलायती अखबारले आफ्नो रिर्पोटमा उल्लेख गरेको छ । नोभेम्बर २०१५ मा पेरिसमा सांगितिक कार्यक्रम, रंगशाला, बारलगायतमा सँगसँगै भएको आक्रमणमा १ सय ३० जनाको मृत्यु भएको थियो । आईएसले सोही प्रकृतिको आक्रमणको तयारी गरिरहेको द सण्डे टाइम्सले जनाएको छ । समाचारअनुसार यसै वर्षको सुरुवातमा सिरियामा भएको आक्रमणका क्रममा आईएसका एक सदस्यबाट बरामद भएको हार्ड ड्राइभमा युरोप आक्रमणको तयारीका दस्ताबजेहरु फेला परेका हुन् । दस्ताबेजमा आईएसका नेता अबु बकर अल बगदादी र दोस्रो नम्बरका नेतालाई सम्बोधन गरिएको पत्र भेटिएको छ । आइएस लडाकुका कमाण्डरहरुले आक्रमणको तयारी अवस्थाबारे जानकारी लेखेका छन । साथै दस्ताबेजमा युरोपमा आतंककारी आक्रमण गर्न सहयोग गर्ने एक युरोपेली व्यक्ति बारेको जानकारी पनि राखिएको समाचारमा उल्लेख गरिएको छ ।

Share.

Leave A Reply