play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

माडी गोल्डकपमा हेटौडा फुटबल एकेडेमीको बिजयी सुरुवात

0

जिबन रानाभाट
बैशाख ०१, चितवनको माडीमा आजदेखि हुने माडी गोल्डकप फुटबल प्रतियोगिता २०७६ सुरु भएको छ । आज एक भब्य समारोहका बीच माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

आज भएको उद्घाटन खेलमा हेटौडा फुटबल एकेडेमीले गौरीसंकर युवा क्लबलाइ २-१ ले पराजित गरेको छ ।निकै रोमान्चक भएको खेलमा हेटौडाका लागि मनिष घले र सन्जिब अर्यालले गोल गर्दा पराजित टिम गौरीसंकरका लागि राजिब रानामगरले एक सान्त्वना गोल फर्काएका थिए । आजको खेलमा हेटौडाका सन्जिब अर्याल म्यान अफ द म्याच घोषित भए ।

यस्तै भोलि भरतपुर फुटबल क्लब भरतपुरले हैरान्स फुटबल क्लब दमौलीको सामना गर्ने छ ।बैशाख १५ गते सम्म चल्ने प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर, पर्सा र तनहूँ जिल्लाका गरी १६ वटा टोलीले सहभागिता रहेको छ ।प्रतियोगिताको प्रथम हुने टिमले नगद २ लाखको साथमा आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्दा दोस्रो हुने टिमले नगद १ लाखको साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक नवीन बस्यालले बताए ।
त्यस्तै, प्रतियोगिताको अन्त्यमा वेष्ट किपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्ड, वेष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, सर्वाेत्कृष्ट खेलाडी, अनुशासित टोली, लगायतको शीर्षकमा पनि पुरस्कार वितरण गरिने आयोजकले बताएको छ ।

Share.

Leave A Reply