play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

भरतपुर मेट्रो कपको उपाधि मकवानपुरलाइ

0

चैत ३०, दोस्रो प्रदेश स्तरीय भरतपुर मेट्रो कप खुल्ला नक आउट फुटबल प्रतियोगिताको उपाधि रिभर फुटबल क्लब मकवानपुरले जितेको छ ।आज भएको फाइनल खेलमा जु फुटबल क्लब जुगेडी चितवनलाइ ४-१ ले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो । प्रतियोगिताको बिजेता बनेको रिभर फुटबल क्लब मकवानपुरले नगद रु १ लाख ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपबिजेतामा चित्त बुझाएको जु फुटबल क्लब जुगेडी चितवनले ५१ हजार प्राप्त गरेको खेल संयोजक सबिन अधिकारीले जानकारी दिए। यस्तै बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार वितरण गरिएको छ।

Share.

Leave A Reply