play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

सरकारी चिकित्सकको आन्दोलन आठौं दिन, वार्ताको पहल भएन

0

चैत ,२९ ।

देशभरका सरकारी चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पारेको आठ दिन बितिसक्दा पनि सरकारले वार्ताको पहलसम्म नगर्दा बिरामीको बिचल्ली भएको छ । अघिल्लो शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार गर्दै आएका चिकित्सकले ओपीडीमा सेवा नदिँदा बिरामीको बिचल्ली भएको हो । सरकारले गरेको समायोजनप्रति असन्तुष्ट हुँदै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले आन्दोलनमा पुनर्विचार गर्न आग्रह गर्दै तत्काल आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । तर चिकित्सकहरुले भने माग पूरा नभई आन्दोलनका कार्यक्रम स्थगितसमेत नगरिने अडान राखेका छन् । सरकारी चिकित्सकको आन्दोलनमा नेपाल चिकित्सक संघले पनि साथ दिएको छ ।

Share.

Leave A Reply