घट्यो सुनको भाउ

0

चैत्र, २८ ।
नेपाली बजारमा यो वर्षको अन्तिम शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । छापावाल सुनको शुक्रबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन बिहीबार भने तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको छ । चाँदी शुक्रबार प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ७ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । समग्रमा सुनको भाउ यो वर्ष तोलामा हजार रुपैयाँले बढेको छ । गएको वैशाख २ गते सुन तोलाको ५८ हजार ६ सय रुपैयाँ थियो । त्यसपछि भदौ १ गते यो वर्षकै कम तोलाको ५५ हजार ६ सय रुपैयाँमा झरेको सुनको भाउ त्यसपछि घटबढ हुँदै फागुन ८ गते यो वर्षकै महँगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा चाँदीको भाउ भने यो वर्ष तोलामा ३० रुपैयाँ घटेको छ ।

Share.

Leave A Reply