play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पाकिस्तानको क्वेटामा बम विस्फोट, १६ जनाको ज्यानगयो

0

चैत,२९ ।
पाकिस्तान बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको बम विस्फोटमा १६ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान भएको विस्फोटमा दुई दर्जनभन्दा बढी घाइते भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै समाचार संस्था डनले लेखेको छ। पाकिस्तानको समयअनुसार शुक्रबार बिहान करिब ८ बजे तरकारी बजारमा विस्फोट भएको हो। प्रहरीका डिआइजी रज्जाक चीमाले १६ जनाको ज्यान जाने गरी भएको विस्फोट निश्चित समुदायलाई लक्षित गरिएको थियो। मारिएकामा ८ जना हजारा समुदायका रहेको पनि चीमाले जानकारी दिए। विस्फोटको निशानामा प्रहरीको भ्यान पनि रहेको बताइएको छ। एक सुरक्षाकर्मीको पनि मृत्यु भएको र अन्य मृतकमा तरकारी बजारका कामदार रहेको बताइएको छ। उक्त विस्फोट आत्मघाती थियो वा अन्य भन्नेबारे सुरक्षाअधिकारीहरूले अनुसन्धान थालेको पनि चीमाले बताए। विस्फोट भएको इलाका पूर्णतः सुरक्षा घेरामा लिइएको र बम डिस्पोजल टीम पनि खटिएको बताइएको छ। घाइतेहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

Share.

Leave A Reply