play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सरकारी चिकित्सकहरूले आज पनि त्रिपालमुनि बसेर बिरामीलाई सेवा दिने

0

चैत,२९ ।
आफूहरूलाई संघअन्तर्गत राख्न माग गर्दै आन्दोलनमा रहेका सरकारी चिकित्सकहरूले शुक्रबार पनि त्रिपालमुनि बसेर बिरामीलाई सेवा दिने भएका छन्। समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै यसअघि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका चिकित्सकहरुले बिरामी मर्कामा परेको भन्दै अस्पताल बाहिरका खाली ठाउँमा त्रिपाल टाँगेर उपचार सेवा सुरु गरेका थिए। यो सेवा आज पनि जारी रहने सरकारी चिकित्सक संघ गोदानका उपाध्यक्ष डा। सुनिल पौड्यालले जानकारी दिए। काठमाडौं उपत्यकाका वीर, कान्ति लगायत सबैजसो प्रदेश तथा जिल्ला अस्पतालहरुका चिकित्सकहरू आन्दोलित बनेपछि देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। सरकारी चिकित्सकको आन्दोलनमा नेपाल चिकित्सक संघले पनि ऐक्यबद्धता जनाउँदै तत्काल समस्याको समाधान खोज्न सरकारलाई हिजो नै ७२ घण्टे अल्टिमेटम दिएको छ। समायोजनाका कारण स्थानीय तहमा जाँदा आफूहरुको वृत्ति विकास अवरुद्ध हुने भन्दै चिकित्सकहरुले समायोजनको निर्णय सच्याउन सरकारसँग माग गर्दै आएका छन् ।

Share.

Leave A Reply