play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

पब्जी खेलमाथि नेपालमा प्रतिबन्ध

0

चैत,२८ ।
नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । प्राधिकरणले इन्टरनेट प्रदायकहरुलाई पत्र पठाउँदै पब्जी खेल डाउनलोड र खेल्ने कार्यका लागि रोक लगाउन निर्देशन दिएको हो । प्राधिकरणले आज सबै इन्टरनेट प्रदायकलाई पत्र पठाएको छ । धेरै बालबालिका तथा युवालाई यो खेलको लत लागेर दुर्घटनासम्म हुने गरेको भन्ने प्रहरीमा उजुरी आउन थालेपछि खेलमा प्रतिबन्ध लगाउन लागिएको हो ।

Share.

Leave A Reply