play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

अनमोलको फिल्म पछिल्लो समय किन फ्लप हुदै छन् ?

0

अनमोल केसी अभिनीत जम्माजम्मी आधा दर्जन फिल्म रिलिज भए । तर दुई फिल्म कृ र क्याप्टेनले लगानीसमेत उठाउन सकेनन्, न त उनको कामकै तारिफ भयो । नयाँ पुस्तामाझ उनको क्रेजलाई नकार्न त नसकिएला तर ‘मेगास्टार’ को उपमाचाहिँ आफैँलाई बोझ बन्दै छ । तामझाममै मस्त हुँदा बिस्तारै खस्कँदो छ अनमोलको साख । नयाँ फिल्म ए मेरो हजुर ३ को ट्रेलर तोकिएको समय युट्युबमा रिलिज हुन सकेन । यसकै झोँकमा फेसबुकमा दुःख बिसाए, ‘राम्रो काम हुन लाग्दा सबै दुस्मन पछि लाग्दा रहेछन् ।’ तर आफ्नै बोलीमा टिक्न सकेनन् । केही मिनेटमै यो स्टाटस डिलिट गरे । दुस्मन लाग्या कि आफैँ अपरिपक्व, अनमोलजी ?

Share.

Leave A Reply