play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कस्तो अच्चम ! चितवनमा फुलको होली

0

चैत्र ७ गते, भरतपुर

चितवनमा फुलले होली खेलीएको छ । नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) भरतपुरले बिहिवार आयोजना गरेको फ्लावर होली नामक कार्यक्रममा फुलको होली खेलिएको हो । संघका अध्यक्ष कोमल राज शर्माका अनुसार होलीको वास्विक महत्व झल्काउने उद्देश्यले फुलको होली आयोजना गरिएको हो । उहाँले पहिले– पहिले रङ्गको प्रयोग नहुने बेलामा फुलले होली खेल्ने गरिएको बताउदै फुल भग्वानको प्यारो चिज भएको समेत बताउनु भयो । अहिले बजारमा पाईने रङ्गहरुमा मिसावटको कारणले शरीरलाई असर पर्ने गरेको बताउदै फुलको होली खेल्दा फुलको बासनाले शरिरमा सकारात्मक प्रभाव पार्ने समेत उनको भनाई छ । संघका कोषाध्यक्ष शोभाखर अधिकारीका अनुसार भरतपुरको इस्कोन कार्यलयमा भजन कृतन सहित सयपत्री फुलले होली खेलिएको थियो ।

 

Share.

Leave A Reply